काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल कुल ५.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश ३.५ बोनस र १.८१ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।