काठमाण्डौ । फोक्सोकोे क्यान्सर इमेजिङ र यससँग सम्बन्धित विषयमा केन्द्रित रही शनिबार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा एक दिवसीय सम्मेलनको आयोजना गरिएको छ।

फोक्सोको क्यान्सर सचेतना महिना नोभेम्बरकै बीचमा अस्पतालको रेडियोलोजी विभाग तथा रेडियोलोजिस्ट संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको सम्मेलनको उद्घाटन अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल रेडियोलोजिस्ट संघका अध्यक्ष डा. हेन्सन खड्काले संयुक्त रुपमा गरेका थिए। 

देशका विभिन्न अस्पतालबाट रेडियालोजिस्ट तथा रेडियोलोजी आवासिय चिकित्सकहरु गरी कुल  ५५ सहभागी रहेको कार्यक्रममा रेडियोजी विभाग प्रमुख प्राध्यापक डा. रामकुमार घिमिरे वरिष्ठ रेडियोलोजिहरुटहरु, फोक्सो विशेषज्ञ, क्यान्सर विशेषज्ञका साथै अन्य विशेषज्ञहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए। 

फोक्सो क्यान्सरको पहिचान, जाँच, र उपचार पछिका मूल्यांकन÷मापनलगायतका विषय बारेमा छलफल गर्न प्यानल छलफल आयोजना गरिएको थियो।  विज्ञहरुले हाल नेपालमा सबैको पहुँचमा पेट (पीईटी) स्क्यान नरहेको अवस्थामा विकल्पका रुपमा पूर्ण शरीरको एमआरआई गर्न सकिने र यसले रोग पहिचान समयमै गर्न सहयोग पुर्याउन सक्ने अनुभव साटेका थिए। 

सही समयमै रोगको पहिचान गर्न सक्नु नै रेडियोलिस्टहरुको प्रमुख उद्देश्य रहने भएकाले यस किसिमको छलफल र कार्यक्रमहरु उपयोगी रहेको सहभागीहरुको प्रतिक्रिया रहेको थियो।