काठमाण्डौ । नेपाल इन्स्योरेन्सले निश्कासन गर्न लागेको १ बराबर १  अनुपातको हकप्रदलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । 

कम्पनीले निश्कासन गर्ने ३० करोड १९ लाख ८८ हजार ६ सय १० रुपैयाँको हकप्रदलाई औसत भन्दा तल आधारहरु रहेको जनाउ दिने रेटिंग प्रदान गरेको हो । 

कुनै पनि कम्पनीको आधारभूत अवस्था राम्रो भए त्यस्ता कम्पनीलाई इक्रा नेपालले १ ग्रेड दिन्छ भने सबैभन्दा कमजोर आधार भएको कम्पनीले ५ ग्रेड दिन्छ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक रुपमा सकारात्मक अवस्थालाई जनाउँछ । 

नेपाल इन्स्योरेन्सले पुस ४ गते ३० करोड १९ लाख बढीको हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले आवश्यक प्रक्रिया पूरा गरी कम्पनीलाई हकप्रद निश्कासनको स्वीकृति दिने बताइएको छ । 

यो कम्पनीको गत भदौ ३० गते सम्पन्न वार्षिक साधारणसभाले १०० प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको थियो । 

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि बढेर ६० करोड ४० लाखको उचाईमा पुुग्नेछ ।