काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २९ करोड ९० लाख रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतले हुन आउने ११ लाख १ हजार ५७८.९५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

यसैबीच बैठकले आफ्नो १५ औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गतेबाट पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।