काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा २ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले १ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ९६.१९ प्रतिशतले बढेको छ। 

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४९ लाख रुपैयाँ बढी आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले विद्युत बिक्रीको आम्दानी २६.६७ प्रतिशतले बढेको देखिन्छ। 

चुक्तापुँजी ३१ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ६१.८९ प्रतिशतले घटेर २ करोड ३२ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिभर्जमा ६ करोड ११ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने ९.०८ रुपैयाँबाट बढेर १४.४८ रुपैयाँ पुगेको छ। पीई रेसियो ३४.४६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.७९ रुपैयाँ रहेको छ।