काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्रीबजार चोकबाट सुरु गरेको छ।
सोमबारबाट सुरु भएको सडकनाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्युठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ।
सरल र मर्मस्पर्सी सडकनाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास छ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशनअनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ। स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ।
17 minutes ago
43 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago