काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ। थप गरिएको छ। 

बैंकले गत असार २२ गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नेपाल एसबीआई ऋणपत्र-२०८३’ निष्कासन गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज असार २७ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब साउन ४ गते बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। यो अवधिमा मागभन्दा बढी आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ। 

यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। यसमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन। 

यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिने। सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन पनि दिन सकिनेछ। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

बैंकको यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्।