काठमाण्डौ । नेपाल बैंक लिमिटेडले पनि सेवाग्राहीबाट सी–आस्बा शुल्क नलिने भएको छ। 

बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ। अब लगानीकर्ताले नेपाल बैंकबाट निःशुल्क आईपीओ भर्न पाउने भएका छन्। 

यसअघि सानिमा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र नबिल बैंकले सी–आस्बा सेवा निःशुुल्क प्रदान गर्दै आएका छन्। 

पछिल्लो समय बैंकहरुले मनपरी रुपमा सी–आस्बा शुुुल्क बढाउन थालेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले त्यसमा हस्तक्षेप गरेको थियो। सेबोनले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।