काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले ७ वटा हिमाल आरोहण गरी रेकर्ड बनाइसकेकी एक आरोहीले गर्न लागेको बिनाअक्सिजन मनास्लु हिमाल आरोहणमा सहकार्य गरेको छ । 

पेशाले फोटो पत्रकार समेत रहेकी गोरखाकी पूर्णिमा श्रेष्ठसँग नेपाल लाइफले सहकार्य गर्ने भएको हो । 

गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनले सगरमाथासहित नेपालको ८००० मीटरभन्दामाथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढिसकेकी छिन् । अब श्रेष्ठ बिनाअक्सिजन मनास्लुहिमालको आरोहणमा जाँदै छिन् । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको कम्पनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

श्रेष्ठसँग सहकार्य गर्ने विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

कार्यक्रममा पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेका थिए । यस्तै, आरोही श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा हौसला मिलेको बताएकी थिइन् ।