काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच(एनपीएस)का लागि दुई संस्थाहरुबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई)सँग जोडी एनपीएसअन्तर्गतका विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ। जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमादाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रक्रिया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले बीमा सुविधाको पहुँच हरेक नेपालीको घरसम्म पुर्याउने र नेपाललाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने दीर्घकालीन उद्देश्य लिई कार्य गर्दै आएको छ । कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग गर्दै डिजिटल माध्यमहरुको प्रयोगबाट आफ्नो सेवा विस्तार गर्दै आएको छ । १५ लाखभन्दा बढी बीमितहरु रहेको यस कम्पनीका १९७ शाखा सञ्जालहरु र २१२,३६२ अभिकर्ताहरु रहेका छन् ।
25 minutes ago
35 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago