काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनीको आइतबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ८ लाख ४१ हजार ९२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश आगामी १६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।