काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७४ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल ८.४२११ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२११ प्रतिशत नगद लाभांश छन्। 

सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजीसम्बन्धी व्यवस्था संशोधन गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको ७० औँ वार्षिक साधारणसभाको निर्णयबमोजिम बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्नेछ।  

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।