काठमाण्डौ । नेपाल सरकारको ३ वटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८१ ‘छ’, २०८२ ‘छ’ र २०८३ ‘ज’ सूचीकृत भएको हो। 

विकास ऋणपत्र २०८१ ‘छ’ २ वर्षे अवधिको हो। यो ८ अर्ब रुपैयाँबराबरको रहेको छ। यसमा लगानीकर्ताले १०.६४ प्रतिशत ब्याजदर पाउँछन्। 

यो ऋणपत्र मंसिर १४ गते निष्कासन भएको थियो। यसको साँवा भुक्तानी २०८१ मंसिर १४ गते हुनेछ। 

यसैगरी विकास ऋणपत्र २०८२ ‘छ’ ३ वर्षे अवधिको हो। यो २ अर्ब रुपैयाँबराबरको रहेको छ। यसमा लगानीकर्ताले १० प्रतिशत ब्याजदर पाउँछन्। 

यो ऋणपत्र मंसिर २८ गते निष्कासन भएको थियो। यसको साँवा भुक्तानी २०८२ मंसिर २८ गते हुनेछ। 

यस्तै विकास ऋणपत्र २०८३ ‘ज’ ४ वर्षे अवधिको हो। यो ५ अर्ब रुपैयाँबराबरको रहेको छ। यसमा लगानीकर्ताले १०.९३ प्रतिशत ब्याज पाउँछन्। 

यो ऋणपत्र पुस ६ गते निष्कासन भएको थियो। यसको साँवा भुक्तानी २०८३ पुस ६ गते हुनेछ।