काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर निर्देशकाबमोजिम नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरेको छ। 

नेप्सेले आज पुस २७ गतेदेखि लागू हुने गरी ती दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो। ती दुवै बैंकले मर्जर प्रक्रिया पूरा गरी आजबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन्। 

नेपाल धितोपत्र बोर्डको मर्जर निर्देशकाबमोजिम एकीकृत कारोबार सुरु हुने मितिबाट सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ सेयर कारोबार रोक्का गर्न पाउने व्यवस्था रहेको छ। सोही व्यवस्थाबमोजिम दुवै बैंकले नेप्सेलाई पत्र पठाउँदै सेयर कारोबार रोकिदिन आग्रह गरेका थिए। 

दुवै बैंकको आग्रहबमोजिम नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको हो।