काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनको आवधिमा नेपाल इन्स्योरेन्सले खुद नाफा २५ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५ करोड ८ लाख ३४ हजार खुद मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष ६ करोड ८२ लाख पर्याएको छ । अघिल्लो त्रैमास सम्ममा कम्पनीले ४ करोड २७ लाख खुद मुनाफा आर्जन गरेकोे आइतबार सार्वजनिक कम्पनीको वित्तीय विवरणले उल्लेख गरेको छ । 

समीक्षा अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष ५५ करोड ४४ लाख बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष यो सूचकमा १२ दशमलमव ६२ प्रतिशतले वृद्धि गरेको हो । 


समीक्षा अवधिसम्ममा कम्पनीले २२ करोड ८२ लाख बराबरको दावी भुक्तानी गरेको छ । यो  गत वर्षको भन्दा करीव ४ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले २३ करोड ७१ लाख दावी भुक्तानी गरेको थियो । 


कम्पनीमा हालसम्म ६० हजार ८ वटा बीमालेख जारी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ३९ हजार १ सय २ वटा मात्र बीमालेख जारी गरेको थियो । 

कम्पनीको चुक्ता पूँजी ३० करोड १९ लाख रहेको छ । गत वर्ष कम्पनीको चुक्ता पूँजी २८ करोड ७६ लाख रहेको कम्पनीले बमिा समितिको निर्देशन अनुसार १ अर्ब चुक्ता पूँजी  कायम गर्नुपर्ने छ । 


१७ करोड ९४ लाख रुपैयाँ जगेडा कोष रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २१ दशमलव ५९ कायम भएको छ । प्रतिशेयर नेटवर्थ २ सय ५ दशमलव ९१ रहेको कम्पनीको प्रतिशेयर कूल सम्पत्तिको मूल्य ५ सय ५५ दशमलव ४२ रुपैयाँ रहेको छ ।