काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार बुटवलको सिद्धार्थ कटेजमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 

अन्तराष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा करिब ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता थियो। कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरु स्मृति राज कँडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपक राज भट्टलगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति थियो। 

कार्यक्रमको शुभारम्भ संयुक्त रुपमा पानसमा दिप प्रज्ज्वलन गरी नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका थिए। 

विशेष कारणवश देशबाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्किमबाट छनौट भएर कार्यक्रममा सहभागी भएका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाइ ज्ञापन गरे। अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द््रविन्दुमा रहेको र यसैलाई मूर्तरुप प्रदान गर्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक ल्याई कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए। 

यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रहेको पराजुलीले बताए। 

कार्यक्रममा उपस्थित अभिकर्तालाई धन्यबाद ज्ञापन गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए। अभिकर्ताहरुको घरदैलोमा तालिम प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको उनले जानकारी दिए। 

कार्यक्रममा “सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य  जीवन बीमा योजना” सँग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापती पोखरेलले गरेका हुन्। सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको नेसनल सेल्स हेड उमापति पोखरेल बताए। यो योजना न्युन लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरु र बुढेशकालमा पेन्सन चाहनेहरुका लागि अहिलेसम्मकै उत्कृष्ट बीमा योजना रहेकोले यसको प्रचूर फाइदा उठाउन उनले आग्रह गरे। 

उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजयकुमार झा उपस्थित थिए।