काठमाण्डौ । नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९०.१० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि ४१.४३ प्रतिशतले बढेर ८ करोड २६ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६.७१ प्रतिशतले बढेर १० करोड ५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ३३ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड १२ लाख रुपैयाँ थियो। रिजर्भ पनि १०१.०४ प्रतिशतले बढेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस ६.३० रुपैयाँ थियो।
पीई रेसियो ३३.०६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.७२ रुपैयाँ रहेको छ।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago