काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भोलि शुक्रबार ३ दिनसम्म सम्पूर्ण प्रणाली नचल्ने भएको छ। 

नेप्सेले आज एक सूचना जारी गर्दै भोलि शुक्रबारबाट आउँदो आइतबारसम्म सम्पूर्ण प्रणाली नचल्ने जानकारी गराएको हो। 

नेप्सेको डाटा सेन्टर मर्मत तथा स्तरोन्नतिका लागि यी दिन सम्पूर्ण प्रणाली बन्द गरिन लागेको नेप्सेले जनाएको छ। यद्यपि मर्मत तथा स्तरोन्नतिको काम सकभर छिटो सक्ने प्रयास गर्ने पनि नेप्सेले जनाएको छ।

यस अवधिमा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति नेप्सेले क्षमायाचना गरेको छ।