काठमाण्डौ । आज दिनभरको कारोबारमा नेप्सेको चार्टमा सुटिङ स्टार बनेको छ। (हेर्नुहोस् कालो एरो)
यस्तो आकृति आजको कारोबारको दैनिक चार्ट तथा आवरली चार्ट दुवैमा बनेको देखिन्छ। आज बजारले आवरली चार्टमा बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा सुटिङ स्टार बनाएर ३ वटा क्यान्डल राता मारुबुजु बनाएको छ। यसले बजार अब मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ।
त्यसैगरी म्याक्डीमा बजार लामो समयदेखि बुलिस नै रहेको छ भने हिस्टोग्रामहरु पनि सकारात्मक नै छन्। तर, आज हिस्टोग्रामहरु केही फिक्का बनेका छन्।
आरएसआई भने आवरली चार्टमै ६४ को जोनबाट तल झरेर ५४ को विन्दुमा आएको छ। आगामी कारोबारमा यदि घटेमा बजारले फिवोनासीको ०.३८ प्रतिशतको सपोर्ट १९२९ को विन्दुमा, ०.५ प्रतिशतको सपोर्ट १९२० को विन्दु र ०.६१ प्रतिशतको सपोर्ट १९१० को विन्दुमा लिन सक्ने देखिन्छ। यदि बढेमा बजारले १९६८ को विन्दुमा र १९९० विन्दुमा क्रमशः प्रतिरोधको सामना गर्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
8 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago