– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। यो ४ दिनको कारोबारमा बजार १ दिनमात्र बढेको छ भने ३ दिन घटेको छ। 

अघिल्लो साता १९६१.०७ अंकमा बन्द भएको बजार यो साता १९१७.२८ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ४३.७९ अंकको गिरावट आएको छ। अघिल्लो साता २७.५२ अंकले बजार बढेको थियो। 

यो साता सेयर बजारमा ५ अर्ब ११ करोड रुपैयाँबराबरको करोबार भएको छ। यस्तो करोबार अघिल्लो साता ६ अर्ब ३७ करोड भएको थियो। 

प्राविधिक पक्ष

क्यान्डल स्टिकका आधारमा 

साप्ताहिक रुपमा बजारलाई हेर्दा यो साता नेप्सेको चार्टमा बियरिस मारुबुजु क्यान्डल  बनेको छ। यस्तो क्यान्डल अघिल्लो साता बुलिस बनेको थियो। अघिल्लो साता र यो साता बनेका २ वटा क्यान्डललाई मिलाएर हेर्दा नेप्सेको चार्टमा बियरिस इन्गल्फिङ क्यान्डल बनेको देखिन्छ। यसले बजारमा आगामी साता पनि करेक्सन आउन सक्ने अनुमान लगाउन सकिन्छ। 

मुभिङ एभरेजका आधारमा 

मुभिङ एभरेज भन्नाले खासगरी मुभ हुँदै एभरेज निकाल्ने विधिलाई बुझिन्छ। कति दिनको औसत गणना गर्ने हो भन्ने विशेषगरी कति समयको उतारचढावलाई हेर्ने हो भन्ने कुराले निर्धारण गर्छ। 

छोटो समयको उतारचढावलाई हेर्ने हो भने विशेषगरी छोटो समयको तथ्यांकको समूहलाई आधार बनाई औसत निकालिन्छ। 

त्यसैगरी मध्यमस्तर तथा दीर्घकालीन समयका लागि लामो समयको तथ्यांकको औसत निकालिने गरिन्छ। 

मुभिङ एभरेज खासगरी सपोर्ट र रेसिस्ट्यान्स पत्ता लगाउन पनि प्रयोग गरिन्छ। ५ दिने र २० दिने मुभिङ एभरेजमार्फत बजारलाई हेर्दा यो साताको अन्तिम दिन बनेको क्यान्डल मुभिङ एभरेजको रेखाभन्दा तल झरेको अवस्थामा देखिन्छ (हेर्नुहोस् माथि मुख्य तस्बिरमा कालो एरो)। यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक रुपमा नै बोलिंगर ब्यान्डलाई हेर्दा गएका ६ साता बनेका क्यान्डलहरुले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि जान नसकेको देखिन्छ। (हेर्नुहोस् कालो एरो) 

अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी भने केही सातायतादेखि क्रमशः खुम्चिँदै गएको छ। यसले बजारले ट्रेन्ड परिवर्तन गर्दै गरेको बुझिन्छ। 

साप्ताहिक चार्टमै म्याक्डीमार्फत हेर्दा करिब १ महिनापहिले गत ९ अक्टोबरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। तर, यो साता बनेको हिस्टोग्राम पोजिटिभ भए पनि फिक्का बनेको छ। 

साप्ताहिक चार्टमै आरएसआई २५ को ओभर सोल्ड जोनबाट फर्केर हाल ४३ को तहमा पुगेको देखिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट प्वइन्ट निकाल्न सुरु, अधिकतम, न्यूनतम र अन्तिम ४ वाट मूल्य आवश्यक पर्छ। यी ४ वटा मूल्यलाई जोडेर निकालिएको औसत मूल्यलाई पिभट मूल्य अर्थात विन्दु भनिन्छ। यसले बजारको प्रतिरोध र सपोर्ट खोज्न सहयोग गर्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १८८३
  • प्रतिरोध २– २००४
  • प्रतिरोध ३– २०२९

पिभट प्वइन्ट:  १९५८

घटेमा सपोर्ट 

  • सपोर्ट १– १९३६
  • सपोर्ट २– १९११
  • सपोर्ट ३– १८९०

निष्कर्ष

यो साता सेयर बजारमा ४३.१३ अंकले गिरावट आएको छ। अघिल्लो साता भने सेयर बजारमा लगभग २७ अंकको बढोत्तरी भएको थियो। यस हिसाबले यो साता बजारमा बिक्री दबाब परेको देखिन्छ। 

दुई साताको क्यान्डल बनेको बजारमा बियरिस इन्गल्फिङ बनेको छ। डाउ थेउरीमार्फत गएको नोभेम्बरको एक महिनाको चार्टलाई आवरली बेसमा हेर्ने हो भने बजारले १९७२ को विन्दुमा लोवर हाई बनाएको छ भने १९६० को विन्दुबाट तल झरेपछि सेल सिग्नल दिएको देखिन्छ। (हेर्नुहोस् तस्बिरमा कालो एरो) 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।