काठमाण्डौ । नेप्सेको चार्टमा आज ग्रेभस्टोन डोजी बनेको छ।
अंग्रेजीको ‘टी’ अक्षरलाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभस्टोन डोजी भनिन्छ। यदि सेयर तथा सूचकमा सुरु, न्यून, अधिकतम र अन्तिम मूल्यबराबर भएको यस्तो आकृति बन्छ।
यस्तो आकृतिले बजारमा दिनभर क्रेताले बजारलाई प्रभावमा राखेको र कारोबारको समयमा मूल्य बढ्दै गएको तथा अन्तिम समयमा बिक्रेताले बजारलाई दबाबमा लिई पुनः सुरुकै अवस्थामा फर्काएको अवस्थालाई बुझिन्छ। यदि बजारमा लामो समयको बियरिस अर्थात् रातो लामो मैनबत्तीपछि यस्तो आकृति देखा परेमा बजार बढ्ने संकेत गर्छ।
त्यसैगरी यसविपरीत लामो समयको बढेको बजारसँगै वा सेतो मैनबत्तीपछि यस्तो आकृति बनेमा भने बजारले घट्ने संकेत गर्छ। आज बनेको ग्रेभ स्टोन डोजी भने रातो मैनबत्तीपछि बनेकोले आगामी दिनमा बजार माथि जान सक्ने बुझिन्छ। (हेर्नुहोस् कालो एरो) यसका साथै बोलिंगर ब्यान्डको तल्लो विन्दुमा यस्तो आकृति बनेकोले पनि बजारले केही समयपछि लय समात्न सक्ने देखिन्छ। म्याक्डी र आरएसआईले बजारमा बिक्री दबाब रहेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago