काठमाण्डौ । आज सेयर बजार बिहान खुलेदेखि नै झिनो अंकले सकारात्मक बनेको थियो। कारोबारको अन्तिम समयमा बजार २२.६५ अंकले बढेर बन्द भएको छ। 

हिजोको कारोबारमा बजारमा भोलुम निकै ड्राई अप बनेको थियो। आज कारोबार र भोलुमसँगै सूचक पनि बढेको छ। 

आजको बजारलाई प्राविधिक रुपमा हेर्दा दैनिक चार्टमार्फत बुलिस मारुबुजु क्यान्डल बनेको छ। आवरली चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आजको कारोबारको अन्तिम समयमा क्यान्डल स्टिक बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक गरेर खरिद कन्फर्मेसन दिएको छ। 

त्यसैगरी म्याक्डीमार्फत हेर्दा पनि आज बुलिस क्रसओभर बनेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्। 

आवरली चार्टमै बजारलाई आरएसआईमार्फत हेर्दा ३० को ओभर सोल्ड जोनबाट बढेर हाल ५२ को तहमा पुगेको छ। यसले पनि अल्पकालीन कारोबारलाई बजारले खरिदको संकेत दिएको छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।