काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले लामो समयको कसरतपछि नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू गरेको छ।

नेप्सेले आइतबार एक सूचना प्रकाशित गर्दै यो विषयमा जानकारी गराएको हो । 

नेप्सेका अनुसार यो कार्यविधि पुस १ गते नै स्वीकृत भएको र सोही मितिदेखि लागू भइसकेको छ । 

यो कार्यविधि लागू भएसँगै अब नेप्सेका विभिन्न तथ्यांकहरु प्रयोग गर्नेले निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । 

नेप्सेका विभिन्न तथ्यांक प्रयोगका लागि इन्भेष्टमेन्ट कम्पनी र वित्तीय विश्लेषक, तथ्यांक वितरण र वित्तीय औजार विकासकर्ता आदिको व्यापारिक तथा पुनः वितरणको प्रयोजनका निमित्त, संचारमाध्यमहरुको समाचार निर्माण तथा प्रदर्शन प्रयोजनका लागि, गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग(विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धानात्मक संस्थाहरु आदिका लागि), विदेशी कम्पनी तथा व्यक्तिको अनुसन्धान प्रयोजनका लागि अलग अलग शुल्क तोकिएको छ । 

संचारमाध्यमहरुले रियलटाइम सबै खालका डेटाका लागि नेप्सेलाई मासिक १० हजार रुपैयाँसम्म तिर्नुपर्नेछ । 

फ्लोरसिटदेखि मार्केट डेप्थ हुँदै, लाइभ ट्रेडिङ डेटा, फ्लोरसिट, कर्पोरेट इन्फरमेसन, कर्पोरेट एक्सन लगायतका लागि पनि अलग अलग शुल्क तिर्नुपर्नेछ । 

अन्य प्रयोगकर्ताका लागि कुन तथ्याङ्क प्रयोग गर्दा कति शुल्क तिर्नुपर्छ ? पूरा कार्यविधि पढ्नलाई यहाँ क्लिक गर्नुहोस् ।