काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा चारवटा वाणिज्य बैंक र अन्य दुई कम्पनीको गरी एकैदिन मंगलबार १ करोड ६८ लाख ४९ हजार १ सय १८ कित्ता बोनस शेयर कारोबारका लागि सूचिकृत भएको छ । 

यसैगरी, तारागाउँ रिजेन्सी होटल लिमीटेडले २१ लाख २१ हजार ७ सय ५० कित्ता प्रिफेन्सियल शेयरलाई साधारण शेयरमा परिणत गर्दै कारोबारका लागि सूचिकृत गरेको छ । 

मंगलबारदेखि विभिन्न ६ कम्पनीका बोनस शेयरधनीले नेप्सेमा सूचिकृत शेयर बिक्री गर्न सक्नेछन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मेगा बैंकको २६ लाख ९ हजार ६ सय कित्ता बोनस शेयर कारोबारका लागि सूचिकृत भएको छ । सेञ्चुरी कमर्सियल बैंकको १९ लाख ८ हजार कित्ता, नेपाल एसबीआई बैंक लिमीटेडको ८२ लाख ५५ हजार ४ स ५८ कित्ता, एनसीसी बैंकको ३२ लाख ४५ हजार ७ सय ६० कित्ता बोनस शेयर सूचिकृत भएको छ । त्यस्तै, समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १ लाख ४७ हजार २ सय कित्ता बोनस शेयर, एनएलजी इन्स्योरेन्सको ६ लाख ८३ हजार १ सय कित्ता पनि कारोबारका लागि सूचिकृत भएको छ । 

तारागाउँ रिजेन्सी होटलको २१ लाख २१ हजार ७ सय ५० कित्ता साधारण शेयर समेत कारोबारका लागि सूचिकृत भएको छ ।