काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा विभिन्न १२ कम्पनीको ४ करोड ७ लाख ७९ हजार २ सय ३ कित्ता बोनस शेयर सोमबार सूचिकृत भएको छ । शेयर सूचिकृत भएपछि अब बोनस शेयर प्राप्त गरेका शेयरधनीहरुले दोश्रो बजारमा आफ्नो नामको शेयर बिक्री गर्न सक्नेछन् ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार निम्न कम्पनीको बोनस शेयर सूचिकृत भई बिक्री खुल्ला गरिएको हो :

मञ्जुश्री फाइनान्स लिमीटेडको २ लाख ५६ हजाार ५ सय कित्ता बोनस शेयर बिक्रीका लागि सूचिकृत भएको छ । 

नेपाल एक्सप्रेस फाइनान्स लिमीटेडको ३ लाख ४२ हजार ५ सय ३७ बोनस शेयर सूचिकृत भएको छ । 

गुडविल फाइनान्स लिमीटेडको ३ लाख ३० हजार ६ सय ५२ कित्ता बोनस शेयर पनि बिक्रीका लागि खुल्ला गरिएको छ । 
गुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडको ३ लाख ८३ हजार ४ सय १ कित्ता बोनस शेयर पनि सूचिकृत भएको छ । 
स्वर्गदारी लघुवित्त विकास बैंक लिमीटेडको १ लाख ३६ हजार ८ सय बोनस शेयर बिक्रीका लागि सूचिकृत भएको छ । एभरेष्ट बैंक लिमीटेडको ६० लाख ५२ हजार १ सय ६३ कित्ता बोनस शेयर पनि शेयरधनीले बिक्री गर्न सक्नेछन् । 

प्राइम कमर्सियल बैंक लिमीटेडको ५६ लाख ५२ हजार ९५ कित्ता बोनस शेयर पनि बिक्री लिस्टमा सूचिकृत भएको छ ।

यसैगरी, हिमालयन बैंक लिमीटेडको १ करोड १६ लाख ६४ हजार ४ सय ५०, सेञ्चुरी कमर्सियल बैंकको ५३ लाख कित्ता, एनआइसी एसिया बैंक लिमीटेडको १ करोड ३ लाख ६७ हजार ३ सय १० कित्ता शेयर पनि बिक्री सूचिमा सूचिकृत भएका छन् । 

बागमति डेभलपमेन्ट बैंक लिमीटेडका ७५ हजार कित्ता र मनास्लु विकास बैंक लिमीटेडको २ लाख १८ हजार २ स्य ९५ कित्ता बोनस शेयर पनि नेप्सेमा सूचिकृत भएका छन् ।