काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ।

रिलायन्स लाइफको रु. १०० अंकित दरका २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। सेयर सूचीकरणसँग अब भोलि मंगलबारबाट यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। 

नेप्से यो कम्पनीलाई आरएलआई कोड प्रदान गरेको भने ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि ३२२.७७ रुपैयाँ तोकेको छ।

रिलायन्सले गत भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा मागभन्दा ४.०४ गुणा बढी आवेदन परेको थियो।