काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। 

नेप्सेमा नागबेलीले अघिल्लो वर्ष सेयरधनीहरुका लागि जारी गरेको बोनस सेयर सूचीकृत भएको हो। सूचीकृत बोनस सेयरको संख्या ४ लाख ३५ हजार ९६६.७० कित्ता रहेको छ।

नागबेली लघुवित्तले अघिल्ल्लो वर्षको मुनाफाबाट चुक्तापुँजीको २६ प्रतिशतले हुन आउने ४ लाख ३५ हजार ९६६.७० कित्ता बोनस सेयर वितरण गरेको थियो।