काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुका लागि जारी गरेको १० प्रतिशत बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेमा वोमी लघुवित्तले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोसन सेयर सूचीकृत भएको हो। सूचीकृत सेयर संख्या २ लाख ५२ हजार ७२० कित्ता रहेको छ। 

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट वोमी लघुवित्तले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको थियो।