काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका झन्डै ४० लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद र छ्याङ्दी हाइड्रोपावर लिमिटेडका बोनस सेयरहरु सूचीकृत भएका हुन्। यी दुवै कम्पनीका ३९ लाख ७७ हजार ४३७.५ कित्ता सूचीकृत भएका छन्।

एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४३७.५ कित्ता हकप्रद र छ्याङ्दी हाइड्रोपावरको १ लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन्। एनएलजी इन्स्योरेन्सले चुक्तापुँजीको ६० प्रतिशत हकप्रद र छ्याङ्दी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर जारी गरेका थिए।