काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार पौने ५ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। संस्थाको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

संस्थाले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। अघिल्लो वर्ष संस्थाले सेयरधनीहरुलाई चुक्तापुँजी १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गरेको थियो।