काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ लाख १० हजार बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई जारी गरेको बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले जारी गरेको ४ लाख १० हजार ८८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशतका दरले बोनस सेयर जारी गरेको थियो। सोहीबराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।