काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षमा सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेमा निर्धन उत्थानले सेयरधनीहरुलाई वितरण गरेको ३० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

उक्त बोनस सेयर निर्धन उत्थान लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको चुक्तापुँजीको २५ प्रतिशतबराबरको हो।