काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) बुधबार साढे ८ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुमा जारी गरेको ८ लाख ५८ हजार कित्ता नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीले सेयरधनीहरुलाई ८.१२५ प्रतिशतबराबरको बोसन सेयर वितरण गरेको थियो।