काठमाण्डौ । सिद्धार्थ बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड मार्फत् ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले हस्ताक्षर गरेका थिए भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरे ।