काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सतप्रशिशत हकप्रद सेयर सूचीकृत भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार संस्थाले जारी गरेको चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सूचीकृत भएको हो। सूचीकृत हकप्रद सेयरको संख्या ११ लाख ४१ हजार १४० रहेको छ। 

संस्थाले गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गरेको थियो।