काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ लाख ९० हजार बढी कित्ता बोनस सेयर थपिएको छ।

नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। सूचीकृत सेयरको संख्या २ लाख ९२ हजार २१५ कित्ता रहेका छन्।

संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर जारी गरेको थियो। सोही सेयर नेप्सेमा सूचीकृत भएको हो।