काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सवा १२ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो।

संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर वितरण गरेको थियो। जुन संस्थाको चुक्तापुँजीको ३२.५० प्रतिशतबराबर हुन आउँछ।