काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भर्खरै आईपीओ जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर शुक्रबार सूचीकृत भएको छ।

यो कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको २ करोड कित्ता सेयर सूचीकृत भएको हो। नेप्से र प्रभु लाइफबीच यस विषयमा सूचीकरण सम्झौता पनि आज सम्पन्न भएको छ। 

नेप्सेमा सूचीकरणसँगै अब यो कम्पनीको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। ओपनिङ रेन्ज प्रतिकित्ता रु. १०९.५६ देखि रु. ३२८.६८ नेप्सेले तोकेको छ। दोस्रो बजारमा पहिलोपटक कारोबार खुल्दा नेप्सेले तोक्ने ओपनिङ रेन्जभित्र स्पेसल प्रिओपन सेसनमा कारोबारमा भए यो कम्पनी धितोपत्र किनबेच नियमित समयमा सुचारु हुनेछ।

प्रभु लाइफ इन्स्योरेन्सले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।