काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर पनि सूचीकृत भएको छ।

नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आईएमई लघुवित्तको कुल ६३ लाख २१ हजार ९२.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५६ लाख ८ हजार १.४७ कित्ता र ग्लोबल आईएमई लघुवित्तको ७ लाख १३ ९१.०८ कित्ता छन्।

गत आर्थिक वर्षको मुनाफाबाट स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तले २७.४७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।