काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दुई कम्पनीका झन्डै ८ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकको हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर गरी कुल ७ लाख ९७ हजार ९१९ कित्ता सेयर सूचीकृत भएको हो। जसमा नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर रहेको छ। यो बैंकले आफ्ना सेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद जारी गरेको थियो।

यसैगरी नेप्सेमा छ्याङ्दी हाइड्रोपावरका १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।