काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पौने ११ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

सूर्या लाइफले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.५२६ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही ५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।