काठमाण्डौ । कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्से र कामना सेवा विकास बैंकबीच ‘९% कामना सेवा बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र सूचीकरण सम्झौता भएको हो। योसँगै बैंकको १ हजार अंकित दरका कुल १० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।
यो बैंकले गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म यो ऋणपत्र बिक्री गरेको छ। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ४ लाख इकाइ सर्वसाधारका लागि बिक्री गरिएको थियो। ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको थियो।
बैंकको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन् भने ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।
यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत माघ २ गते निष्कासन अनुमति दिएको थियो।
यो ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ।
28 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago