काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र सूचीकृत भएको छ। 

नेप्सेमा बैंक अफ काठमाण्डूको ‘८.५ प्रतिशत बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो। नेप्से र बैंक अफ काठमाण्डूबीच आज यो ऋणपत्र सूचीकरण सम्झौता भएको छ। 

बैंकको १ हजार अंकित दरका कुल १६ लाख इकाइ सूचीकृत भएको छ। 

यो ऋणपत्र आठ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउने छन्।