काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि बैंकका २ वटा ऋणपत्र सूचीकृत भएका छन्।

नेप्सेमा एनएमबि बैंकका ‘एनएमबि ऊर्जा ऋणपत्र २०९२/९३’ र ‘एनएमबि डिबेन्चर २०८७/८८’ सूचीकृत भएको हो। 

एनएमबि ऊर्जा ऋणपत्रअन्तर्गत १ हजार अंकित दरका कुल १५ लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको थियो। यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउँछन्।

यसैगरी एनएमबि ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउँछन्।