काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ वटा सरकारी विकास ऋणपत्र सूचीकृत भएको छ। 

नेप्सेमा नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको विकास ऋणपत्रहरु ५ वर्षे अवधिको २०८४ ‘छ’, ५ वर्षे अवधिको २०८४ ‘ज’ र ६ वर्षे अवधिको २०८५ ‘च’ सूचीकृत भएको हो। 

विकास ऋणपत्र २०८४ ‘छ’ १५ अर्ब रुपैयाँबराबरको हो। यो ऋणपत्रको निष्कासन गत असार ८ गते भएको थियो। यसको साँवाब्याज भुक्तानी २०८४ असार ८ हुनेछ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९.१९ प्रतिशत ब्याज पाउँछन्। 

यसैगरी विकास ऋणपत्र २०८४ ‘ज’ पनि १५ अर्ब रुपैयाँबराबरको हो। यो ऋणपत्रको निष्कासन गत असार १५ गते भएको थियो। यसको साँवाब्याज भुक्तानी २०८४ असार १५ हुनेछ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९.०२ प्रतिशत ब्याज पाउँछन्। 

त्यस्तै विकास ऋणपत्र २०८५ ‘ज’ ५ अर्ब रुपैयाँबराबरको हो। यो ऋणपत्रको निष्कासन गत असार २२ गते भएको थियो। यसको साँवाब्याज भुक्तानी २०८५ असार २२ हुनेछ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.४९ प्रतिशत ब्याज पाउँछन्।