काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) झन्डै साढे ८ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा कुल ४.४२ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश थिए। 

सोही ४.२ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।