काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा साधना लघुवित्त, आरएसडीसी लघुवित्त, अपी पावर र नेको इन्स्योरेन्सको कुल ६७ लाख ६२ हजार ९५७.२४ कित्ता बोनस सेयर थपिएको छ। जसमा साधना लघुवित्तको ६ लाख १० हजार ३२८.४५ कित्ता, आरएसडीसी लघुवित्तको ६ लाख ४४ हजार १२४.५९ कित्ता, अपी पावरको २८ लाख ८३ हजार ६८६ कित्ता र नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८.२० कित्ता छन्।
यी कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन्।
गत आर्थिक वर्षका लागि साधना लघुवित्तले १९ प्रतिशत, आरएसडीसी लघुवित्तले ८ प्रतिशत, अपी पावरको ७.५ प्रतिशत र नेको इन्स्योरेन्स १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
19 hours ago