काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ।

गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा यो बैंकको सेयरमूल्य समायोजन भएको हो। नेप्सले सेयरमूल्य समायोजन गर्दै यो बैंकको प्रतिकित्ता सेयर १६१ रुपैयाँ कायम गरेको छ। 

यसअघि यो बैंकको सेयर प्रतिकित्ता १८० रुपैयाँ अन्तिम कारोबार भएको थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ। 

बैंकको यही असार २५ गते गर्ने भनिएको १३ वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गर्नेछ। सभाले बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापुँजीको ३ः१ (तीन कित्ता सेयरबराबर थप १ कित्ता सेयर) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ।