काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको पुँजीबजार फोरमले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई इन्ट्रा डे ट्रेडिङ सुरु गर्नुपर्नेसहित विभिन्न ३० बुँदे सुझाव दिएको छ।

फोरमले मंगलबार नेप्सेका प्रतिनिधिलाई भेट गरी ३० बुँदे सुझाव दिएको हो। फोरमले अहिले माहौलमा नेप्सेले इन्ट्रा डे ट्रेडिङ सुरु गर्नु उचित हुने सुझाव दिएको छ। नेप्सेको सम्पूर्ण विनियमावली समायनुकूल संशोधन गर्नुपर्ने सुझाव पनि फोरमले दिएको छ। 

त्यस्तै बजारमूल्यका आधारमा टिक साइज निर्धारण गर्नुपर्ने, हकप्रदको निस्सा कारोबार गराउनुपर्ने, मार्जिन ट्रेडिङसम्बन्धी नीति रिस्क बेस्ड लोन टु भ्यालुएसन (एलटीभी) को व्यवस्था गर्नुपर्ने, ब्लक र बुल्क डिलका लागि छुट्टै विन्डो व्यवस्था गर्नुपर्ने, ओटीसी बजारलाई विस्तार तथा अनलाइन गर्नुपर्ने, सूचीकृत कम्पनीका संस्थापक सेयर किनबेच गर्नका लागि ओटीसीमार्फत गर्ने व्यवस्था मिलाउनुपर्नेजस्ता सुझाव पनि फोरमले दिएको छ। 

यसैगरी मर्जर र प्राप्ति हुँदा कुनै पनि कम्पनीको कारोबार रोक्का नराख्न पनि फोरमले सुझाव दिएको छ। कारोबारको फ्लोरसिटमा दलाल नं. हटाउनुपर्ने सुझाव पनि फोरमले नेप्सेलाई दिएको छ। 

त्यस्तै फोरमले नेप्से र धितोपत्र बोर्डले पुँजीबजारसम्बन्धी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने र सो कार्यक्रम सञ्चालनका लागि छुट्टै कोष खडा गर्नुपर्ने सुझाव दिएको छ। 

यसैगरी पुँजीबजार फोरमले सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) का प्रतिनिधिलाई पनि भेटेर नेप्से, सीडीएससी र ब्रोकरले उपयोग गर्ने प्रणालीलाई एपीआईमार्फत इन्ट्रिग्रेट गर्नुपर्ने सुझाव दिएको छ। त्यस्तै सेन्ट्रलाइज्ड केवाईसी निर्माण प्रक्रिया यथाशीघ्र सम्पन्न गर्नुपर्ने सुझाव पनि फोरमको छ। 

ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस, रिस्क म्यानेजमेन्ट सिस्टम (आरएमएस) लाई इन्ट्रिग्रेटेड ट्रेडिङ सिस्टममा रुपान्तरण गर्नुपर्ने सुझाव पनि फोरमले दिएको छ। 

यस्ता छन् नेप्से र सीडीएससीलाई पुँजी बजार फोरमले दिएका सुझावहरु :