काठमाण्डौ । अलटाइम हाई ब्रेक गरी अघि बढेको सेयर बजार परिसूचकले आगामी डिसेम्बरभित्रै २१ सय विन्दू चुम्ने प्राविधिक विश्लेषकले नयाँ प्रक्षेपण गरेका छन् । 

सेयर बजारका प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्यालले यही डिसेम्बरभित्रै नेप्से परिसूचक २१ सय विन्दू पुग्ने प्रक्षेपण गरेका हुन् ।

बैंकलाई छाडेर अधिकांश सेक्टरमा अहिले प्रफिट बूकिङको लहर स्पष्ट देखिन्छ । बैंकिङ सेक्टरको परिसूचक १५ सय विन्दू पुग्ने लक्ष्य यो र्यालीमा देखिएको दाबी गर्दै बस्याल बैंकिङ अलिअलि माथिल्लो लेभलमा कन्सोलिडेट हुने सम्भावना रहेको बताउँछन् । ५०-६० अंकको रिट्रेचमेन्ट देख्न सकिन्छ । उनले भनेःनेप्सेको बुल यात्रा जारी रहन्छ, तर प्रफिट बूक केही दिनका लागि रहने सम्भावना छ ।

बस्याल विभिन्न सेक्टरमा प्रफिट बुकको प्रबल सम्भावना रहेको जिकिर गर्छन् । इन्स्योरेन्स सेक्टरमा पनि प्रफिट बूकको समय रहेको र निर्जीवन बीमा समूहको उपसूचक ९ हजार विन्दू ओर्लिने अनि त्यसपछि १२ सयदेखि १३ सयको यात्रा गर्ने उनको ठहर छ । यस्तै जीवन बीमा उपसमूहमा ३००-४०० अंकका लागि प्रफिट बूक रहेको उनले दाबीसमेत गरे ।

यसैबीच, माइक्रोफाइनान्स समूह माथिल्लो १०० अंकमा प्रफिट बूक हुनसक्ने प्रक्षेपण गर्दै बस्याल ट्रेडिङ उपसमूहमा कम तरलता भएकाले अझै करेक्सनका विषयमा भन्न गाह्रो रहेको बताउँछन् ।

यता, उत्पादन समूह र हाइड्रो उपसमूहमा भने प्रफिट बुकको समय आएको जिकिर गर्दैै यस्तै सम्भावना होटलमा समेत देखिएको बताए ।

समग्रमा सबै सेक्टरमा प्रफिट बूकको समय आएको दाबी गर्दै बस्यालले नेप्से परिसूचक १८०० विन्दूसम्म रिट्रेचमेन्ट आउनसक्ने दाबी समेत गरे । यसपछि भने नेप्सेको यात्रा २१ सय विन्दू नै हुने उनको ठम्याइँ छ ।

'आगामी ३ साताभित्रै अर्थात् डिसेम्बरभित्रै नेप्से सूचकले २१ सय विन्दू चूम्छ ।'-बस्यालले बिजशालासँग भने ।